गढीमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित एक जना पक्राउ

spot_img

वीरगन्ज, २४ मंसिर । बाराको महागढीमाई नगरपालिका बरियारपुर स्थित गढीमाई मेलास्थलमा हतियार देखाउँदै झगडा गरिरहेको अवसथामा दुई थान पेस्तोल सहित एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार आइतबार साँझ बराल नगरपालिका वाड नम्बर ६ मिर्जापुर निवासी इन्दल सहनीका छोरा १८ वर्षीया गोलु भनिने अमर जितकुमार सहनीलाई दुई थान पेस्तोलसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक दीपेन्द्र मल्लको टोलीले सहनीलाई नियन्त्रणमा लिइएको हो । । प्रहरीले सहनीको साथबाट एक थान चाइनिथज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद गरेको जनाएको छ ।

बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलगवा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय