spot_img

ठाकुरराम क्याम्पसमा १७ दिनदेखि तालाबन्दी, प्रशासनको मौनता प्रति आक्रोश

spot_img
spot_img

बीरगन्ज,०२ पुस । बीरगन्जकाे ऐतिहासिक ठाकुरराम बहुमुखी क्याम्पसमा त्रिवि कर्मचारी संघको आन्दोलनका कारण १७ दिनदेखि प्रशासनिक काम ठप्प छ। कर्मचारी सरुवाको विरोधमा मंसिर १४ गतेदेखि सुरु भएको तालाबन्दी अझै कायम रहेको छ।

क्याम्पस प्रशासनले तालाबन्दी हटाउन कुनै पहल नगरेको भन्दै आन्दोलनरत कर्मचारीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। त्रिवि कर्मचारी संघ ठाकुरराम क्याम्पस इकाईका अध्यक्ष किशोरी चौधरीका अनुसार प्रशासनले संवादको कुनै प्रयास नगरेको र समस्या समाधानमा चासो नदेखाएको आरोप छ।

तालाबन्दीको मुख्य कारण क्याम्पस प्रमुख रञ्जित कुमार यादवद्वारा लेखा शाखामा कार्यरत एक कर्मचारीको सिराहा क्याम्पसमा सरुवा रहेको बताइएको छ। यस निर्णयको विरोधमा कर्मचारी युनियन आन्दोलनमा उत्रिएको हो।

तर, क्याम्पस प्रमुख रञ्जित यादवले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। उनीसँग सम्पर्क गर्न खोज्दा मोबाइल स्वीच अफ रहेको आन्दोलनरत पक्षले जनाएका छन्।

तालाबन्दीका कारण क्याम्पसका विद्यार्थी र अन्य कर्मचारीहरू समस्यामा परेका छन् भने सबै प्रशासनिक कामकाज ठप्प रहेको छ। ठाकुरराम क्याम्पस वीरगञ्जको शैक्षिक धरोहर मानिँदै आएको संस्थामा लामो समयदेखि जारी यस गतिरोधले गम्भीर असर पारिरहेको छ।

आन्दोलनरत पक्षले समस्या समाधानका लागि तत्काल वार्ता र चाँडोभन्दा चाँडो तालाबन्दी खोल्न आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय