spot_img

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

spot_img
spot_img

बारा, ०८ पुस । बारामा आइतबार राति पिकअपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बारागढी गाउँपालिका – २ मा पिकअपको ठक्करबाट पैदलयात्री स्थानीय ७२ वर्षीया कबित्री देबी महराको मृत्यु भएको हो ।

दर्दर्वा चोकमा मलाहीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च २८१० नम्बरको पिकअप गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महराको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ठक्कर दिने पिकअप गाडीसहित त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय