भारतीय चर्चित गायक सोनु निगम काठमाडौंमा

spot_img

काठमाडौँ,१० पुस । भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौं पुगेका हुन् ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेको आयोजक नेपाली–टच नेपालले जनाएको छ । आयोजकले विमानस्थलमा सोनुलाई ढाका टोपी लगाएर स्वागत गरेका छन् ।

‘क्रिसमस डे’को अवसर पारेर सोनुको काठमाडौंमा कन्सर्ट तय गरिएको आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय