भारत भ्रमण निम्तो आए मात्रै सम्भवः प्रधानमन्त्री

spot_img

काठमाडौं, ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे धेरै चर्चा गर्न आवश्यक नभएको बताएका छन् । बुधबार च्यासलमा सम्पन्न नेकपा एमालेको सचिवालय बैठकमा उनले निम्तो प्राप्त भए मात्रै भारत भ्रमणमा जाने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले बैठकमा भने, “निम्तो पठाए जान्छ, नपठाए जाँदैन। यो विषयलाई धेरै चर्चा गर्ने आवश्यकता छैन ।”

बैठकका क्रममा प्रधानमन्त्री ओलीले सरकार आफ्ना नीतिमा अडिग रहेको पनि उल्लेख गरे। उनका अनुसार देशको कूटनीतिक सम्बन्धलाई सकारात्मक र पारदर्शी बनाउन सरकार प्रतिबद्ध छ ।

यसअघि भारत भ्रमणको विषयले केही राजनीतिक हलचल निम्त्याए पनि प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले यो विषयको थप व्याख्या आवश्यक नरहेको संकेत दिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय