spot_img

प्रधानमन्त्री ओली पर्सा आउँदै, ५ हजार कार्यकर्ताको पार्टी प्रवेश कार्यक्रम

spot_img
spot_img

वीरगन्ज, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आयोजित नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आउँदैछन्। एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्माका अनुसार यो कार्यक्रममा करिब ५ हजार कार्यकर्ताले पार्टी प्रवेश गर्नेछन् ।

प्रधानमन्त्री ओलीको पर्सा आगमनको मुख्य उद्देश्य सखुवाप्रसौनीका पूर्वमेयर प्रदीप जैसवाललाई औपचारिक रूपमा एमालेमा प्रवेश गराउनु हो ।

प्रधानमन्त्री ओली मध्यान्ह साढे १२ बजे हेलिकप्टरमार्फत पर्सा आइपुग्ने छन्। सखुवाप्रसौनीमा ओलीको करिब चार घण्टाको बसाइ रहनेछ। कार्यक्रममा ठूलो भीड सुनिश्चित गर्न गाउँगाउँमा तेलका कुपन बाँडिएको एक स्थानीय एमाले कार्यकर्ताले दाबी गरेका छन् । तर, प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालले कुपन बाँडिएको कुरालाई अस्वीकार गर्दै कार्यकर्ताहरू आफ्नै खर्चमा सहभागी हुन आइरहेको बताएका छन् ।

कार्यक्रमको विशेष आकर्षण प्रमोद जैसवालका भाइ प्रदीप जैसवालको एमाले प्रवेशलाई मानिएको छ। यसले पर्सामा एमालेको संगठन विस्तारलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

पार्टीको यो महत्त्वपूर्ण कार्यक्रममा स्थानीय कार्यकर्ता र नेताहरूको उल्लेख्य उपस्थिति रहनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय