spot_img

२ डीआईजीकाे एआईजीमा बढुवा

spot_img
spot_img

काठमाडाैं,१८ पुस । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । गृह मन्त्रालयले डीआईजी कुबेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

बुधबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले कडायत र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको जानकारी दिएको छ।

डीआईजी कुबेर कडायत प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए भने डीआईजी रवीन्द्र केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए।

गृह मन्त्रालयको निर्णयले प्रहरी संगठनमा उच्च तहको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय