शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

लोसपा महाधिवेशनका लागि ५ सदस्यीय निर्वाचन समिति गठन गरिने

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने भएको छ । महाधिवेशनको तयारीमा रहेको लोसपा नेपालले महाधिवेशनका लागि निर्देशिका तयार गरेको छ ।

सो निर्देशिकाअनुसार महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने उल्लेख छ । निर्देशिकामा प्रदेश अधिवेशनका लागि केन्द्रीय समितिले पाँच सदस्यीय, जिल्ला अधिवेशनका लागि प्रदेश समितिले तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने भनिएको छ । प्रदेश समिति नरहेको ठाउँमा केन्द्रीय समितिले सो समिति गठन गर्ने भनेको छ । निर्वाचन क्षेत्रीय अधिवेशन तथा पालिका अधिवेशनका लागि तीन–तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने भनिएको छ ।

निर्देशिका अनुसार पालिका, क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका प्रतिनिधिहरूको नामावली सम्बन्धित निर्वाचन समितिमा कम्तीमा २४ घण्टा पहिले दिनुपर्ने हुन्छ ।

निर्वाचन क्षेत्रमा सक्रिय रहेको भातृ सङ्गठनले अधिवेशनका लागि ५ जना, जिल्लामा रहेको भातृ सङ्गठनले पनि ५ जना प्रतिनिधि चयन गर्ने प्रावधान निर्देशिकामा राखेको छ । त्यस्तै प्रदेश अधिवेशनका लागि प्रदेशमा सक्रिय रहेका भातृ सङ्गठनले सात जना प्रतिनिधि चयन गर्नुपर्नेछ । त्यसैगरी, केन्द्रमा सक्रिय रहेको भातृ सङ्गठनले केन्द्रीय महाधिवेशनका लागि सात जना प्रतिनिधि चयन गर्ने प्रावधान राखेको छ ।

लोसपा नेपाल निकट लोकतान्त्रिक शिक्षक सङ्घ, लोकतान्त्रिक प्राध्यापक सङ्घ, लोकतान्त्रिक बुद्धिजीवी सङ्घ, लोकतान्त्रिक कानुन व्यवसायी सङ्घ, सेवा निवृत्त शिक्षक तथा कर्मचारीहरूमध्ये निर्वाचन समिति गठन गर्ने निर्देशिकामा उल्लेख छ । अधिवेशन गराउने बखत कुनै वैधानिक जटिलता उत्पन्न भएमा केन्द्रीय निर्वाचन समितिको निर्णय अन्तिम हुने निर्देशिकामा उल्लेख छ ।

ताजा समाचार

spot_img

थप समाचार