वीरगन्ज वडा नं. ५ द्वारा स्वास्थ्य सामाग्री वितरण

spot_img

वीरगन्ज,०५ माघ । वीरगन्ज महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रदिप कुमार चौरसिया द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ।

यो कार्यक्रम वीरगन्ज वडा नं. ५ कुम्हालटोल स्थित मून लाईट ई.बो. स्कूलमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह र विशिष्ट अतिथिको रुपमा जिल्ला प्रहरी वीरगन्जका एस.पी. कुमोद ढुङेल, वरिष्ठ पत्रकार ईश्वर चन्द्र गौतम र वडा अध्यक्ष प्रदिप कुमार चौरसिया लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

वडा नं. ५ का अध्यक्ष प्रदिप कुमार चौरसियाले कार्यक्रमको उद्घाटन गर्दै समाजका कमजोर वर्गलाई सहयोग गर्ने उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको बताएका थिए। उनले अगामी दिनमा यस्ता सहयोगी कार्यक्रमहरू निरन्तर जारी रहने प्रतिबद्धता जनाए।

यस कार्यक्रमअन्तर्गत २१५ जना ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई स्टिम ईनहेलर, नि-गार्ड, ईलेक्ट्रीक हट बेग र अन्य स्वास्थ्य सामाग्री वितरण गरिएको थियो। यस अवसरमा उपस्थित लाभग्राहीहरूले वडा कार्यालयको समर्पण र सहयोगको कदर गर्दै आभार व्यक्त गरे।

कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, स्थानीय जनप्रतिनिधि र वडा कार्यालयका कर्मचारीहरू पनि सहभागी थिए।

कार्यक्रमका संचालक सन्तोष खनालले कार्यक्रमको समापन गर्दै सहयोग र सद्भावका यो पहलहरूलाई समाजमा साकारात्मक प्रभाव पार्ने कदमका रूपमा मूल्यांकन गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय