spot_img

भरूवा बन्दुकको गोली लागेर युवकको मृत्यु, २ जना पक्राउ

spot_img
spot_img

काठमाडौं,०६ माघ । दाङको दंगीशरण गाउँपालिका – २ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारीको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङ दंगिशरण गाउँपालिका वडा नं‍ २ मा बस्ने २२ वर्षीय छबिलाल डाँगी र नेपालगंज वाँकेबाट २७ वर्षाीय पुष्पलाल बस्नेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन तिमिल्सिनाका अनुसार भरूवा बन्दुक प्रहारबाट कुसारीको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा उनीहरु शनिबार पक्राउ परेका हुन्।

मृतकसँगै रहेको र घटनापछि फरार रहेका उनीहरुलाई नियन्त्रणमा लिएकाे प्रमुख एसपी तिमिल्सिना जानकारी दिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता विनोद खत्रीका अनुसार सुरुमा कुसारी रुखबाट लडेर घाइते भएको सूचना प्रहरीले प्राप्त गरेको थियो। उक्त सूचना कुसारीसँगै भएका साथीहरूले दिएको खत्रीले बताए।

अनुसन्धानका क्रममा कुसारीको घुँडा, तिघ्रा लगायतमा शरीरका विभिन्न भागमा चोट देखिएको थियो। कुसारीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल उपचाकार लागि ल्याइएको थियो ।

उनको तुलसीपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँके रेफर गरिएको थियो। सोही राति पुर्‍याएको केही बेरमै बाँकेमा चिकित्सकले प्रेमबहादुरलाई मृत घोषणा गरेका थिए । माघ ४ गते प्रेमबहादुरको शव फिर्ता ल्याइएको थियो। एसपी तिमिल्सिनाले प्रेमबहादुरको बन्दुकले गोली हानी हत्या भएको र उनको हत्याको कारण खुल्न बाँकी रहेको बताए ।

चोरी शिकार गर्न गएका बखत प्रेमबहादुरलाई साथीहरुले हानेको बन्दुकको गोली लागेको हो वा रिसिवी साँध्न उनीहरुले योजनाबद्ध रुपमा प्रेमबहादुर माथि गोली प्रहार गरेका थिए भन्ने कुरा पत्ता लगाउन प्रहरी अनुसन्धानमा गरिहेकाे छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय