सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्षका वकिलको बहस जारी

spot_img

काठमाडौं, १३ माघ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा आइतबारको थुनछेक बहस चलिरहेको छ ।

न्यायाधीश प्रल्हादकुमार योगीको एकल इजलासमा प्रतिवादी रवि लामिछाने पक्षका वकिलहरुले बहस गरिरहेको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

अहिले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले लामिछानेको पक्षमा बहस गरिरहेका छन् ।

सुप्रिम सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो  । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय