spot_img

कांग्रेसबाट पूर्ण सहयोग पाएको छु : प्रधानमन्त्री ओली

spot_img
spot_img

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसबाट आफूले पूर्ण सहयोग प्राप्त गरिरहेको बताएका छन्। सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा प्रमुख प्रशासकीय भवन उद्घाटन गर्दै उनले नेपाली कांग्रेसलाई पनि भविष्यमा आफूले पूरा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्री ओलीले भने, “अब १७/१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ। उहाँले सरकार चलाउनुहुन्छ, हामीले पूरा सहयोग गर्नेछौं। नेपाली कांग्रेसले हामीलाई साथ दिएको छ, भोलि हामीले पनि कांग्रेसलाई पूरा साथ दिनेछौं।”

सत्ता सहकार्यलाई बलियो बनाउँदै मुलुकको विकासमा ध्यान दिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्रीले प्रमुख दलहरू मिलेर देशलाई अघि बढाउनुपर्नेमा जोड दिए। “यदि प्रमुख दलहरू मिलेर पनि विकासको मार्ग दिन सकेनन् भने देशमा निराशा फैलिन्छ। तर, ७५३ वटै पालिकाको विकास कसैले रोक्न सक्दैन,” उनले थपे ।

प्रधानमन्त्री ओलीले विकासका लागि कांग्रेस र एमालेको सहकार्यलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै विकासको गतिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

spot_img

ताजा अपडेट

लोकप्रिय