शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

नेपाली कांग्रेसद्वारा ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिने

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १७ माघ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ७७ जिल्लाका सभापतिलाई पोखरामा दुई दिने प्रशिक्षण दिने भएको छ। यो कार्यक्रम माघ २२ र २३ गते पोखरामा आयोजना हुने कास्की कांग्रेस सभापति किशोरदत्त बरालले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायत केन्द्रीय पदाधिकारीहरूको सहभागिता रहनेछ ।

प्रशिक्षणमा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका अन्य सदस्यहरू स्रोत व्यक्तिका रूपमा सहभागी हुनेछन् भने प्रत्येक जिल्लाका उपसभापति पनि उपस्थित हुने कार्यक्रम छ ।

कांग्रेसको विधानअनुसार सबै तहमा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख उपसभापति हुने व्यवस्था रहेको छ। “उद्घाटन र भाषणका लागि थोरै समय छुट्याइएको छ। वक्ताहरूले प्रशिक्षणमा बढी समय पाउनेछन्,” बरालले बताए ।

प्रशिक्षण कार्यक्रमले कांग्रेसका जिल्ला नेतृत्वलाई नीति, अनुसन्धान, र प्रशिक्षणको क्षेत्रमा थप दक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार