संविधान संशोधन विधेयक ल्याउने तयारीमा सरकार

spot_img

काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको आवश्यकता टड्कारो भएकाले सरकार साझा धारणा बनाइ संविधान संशोधन विधेयक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संशोधनका विषय पहिचान गर्न विभिन्न दल र सरोकारवालासँग सघन छलफल हुने जानकारी दिए। उनले भने, “मिलेका विषयमा साझा धारणा बनाइनेछ, नमिलेका विषयमा बहस र छलफल हुनेछ ।”

संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्षहरूको समीक्षा गर्दै राजनैतिक स्थायित्वका लागि संविधान संशोधन अपरिहार्य भएको प्रधानमन्त्रीको भनाइ थियो। उनले संविधान संशोधनको लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल गठन गरेको जानकारी पनि दिए ।

संविधान संशोधनका विषयमा विगतमा विरोध गर्ने दलहरूभित्रै अहिले छलफल भइरहेको सुन्दा खुसी लागेको प्रधानमन्त्रीले उल्लेख गरे। सरकारका अनुसार संशोधनका लागि व्यापक परामर्श र आवश्यक कानुनी निर्माणलाई प्राथमिकता दिइनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय