spot_img

समाजवाद निर्माण नसके मृत्युदण्ड भोग्न तयार: वामदेव गौतम

spot_img
spot_img

काठमाडौं, २० माघ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवाद निर्माणको प्रतिबद्धता जनाउँदै असफल भए मृत्युदण्ड स्वीकार गर्न तयार रहेको सनसनीपूर्ण घोषणा गरेका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै गौतमले आफूलाई दाउमा राखेर समाजवाद निर्माणको चुनौती सामना गर्न इच्छुक रहेको बताए ।

उनले भने, “समाजवाद निर्माण गर्न सकिन्छ। यदि तोकिएको अवधिभित्र समाजवाद निर्माण गर्न सकिएन भने मलाई मृत्युदण्ड दिनुपर्छ ।”

अध्यादेशप्रतिको विवादलाई सम्बोधन गर्दै उनले अध्यादेश कुनै पनि सत्ता पक्षलाई सकारात्मक सहयोग पुग्ने संवैधानिक उपकरण भए पनि त्यसले प्रजातान्त्रिक परिपाटीको उल्लंघन गर्नु नहुने बताए। “अध्यादेश जारी गर्दा कडा सर्तहरू पूरा गर्नुपर्छ,” गौतमले स्पष्ट पारे ।

गौतमले खिचडी राजनीतिको अन्त्य गर्दै स्पष्ट विचारधारा र दायित्वसहितको राजनीतिक अभ्यास आवश्यक रहेको सुझाव पनि दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय