बागमती, २२ माघ । बागमती प्रदेशमा आज दिउँसो ३ बजे सभामुख भुवनकुमार पाठकको आह्वानमा सर्वदलीय बैठक बस्ने भएको छ। माघ २३ गतेका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सहज बनाउँदै दलहरूबीच सहमति कायम गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो ।
माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनमा तीन वटा विधेयक पेस गर्ने कार्यक्रम रहे पनि दलहरूबीच सहमति नजुट्दा कार्यसूची अघि बढ्न सकेको थिएन।
सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न जोड दिँदै आएका छन् भने प्रतिपक्षी माओवादी केन्द्र र अन्य दलहरूले बजेट खर्चको पारदर्शिता र प्रभावकारितामा प्रश्न उठाएका छन्।
सर्वदलीय बैठकले प्रदेशसभाको गतिरोध अन्त्य गर्दै विधेयकहरूलाई छलफलमा ल्याउने सहमति जुटाउने अपेक्षा गरिएको छ।

