आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

धनुषामा बसको ठक्करले साइकल...

जनकपुर, १० चैत । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा...

मधेससहित देशका धेरै स्थानमा...

जनकपुर,१० चैत । मधेस प्रदेशसहित देशका विभिन्न भागमा राति पानी परेको छ। विशेषगरी...

सर्लाहीका १९अस्पताल बन्द गर्न...

जनकपुर,१० चैत । मधेसका मुख्यमन्त्री सतिश सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा अनुगमन गर्दै २३...

बैङ्लोरको आईपीएलमा शानदार सुरुआत,...

काठमाडौं,१० चैत। इन्डियन प्रिमियर लिग (IPL) मा रोयल च्यालेन्जर्स बैङ्लोरले विजयी सुरुआत गरेको...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

प्रधानमन्त्री ओलीले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको प्रगति र समस्याबारे जानकारी लिए

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, २४ माघ । प्रधानमन्त्री ओलीले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको प्रगति र समस्याबारे समीक्षा बैठक गरे

- Advertisement -

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार काठमाडौँ–तराई/मधेस द्रुतमार्गको हालसम्मको प्रगति र समस्याबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री कार्यालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, अर्थमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैठकमा नेपाली सेनाका प्रतिनिधिले आयोजनामा देखा परेका समस्याहरू, जस्तै खोकनामा जग्गा अधिग्रहण र रुख कटानमा ढिलाइको विषय उठाएका थिए। प्रधानमन्त्री ओलीले सेनालाई जिम्मा दिँदा गुणस्तरीय काम हुने विश्वास व्यक्त गर्दै, खोकना क्षेत्रका समस्याबारे सम्बन्धित मन्त्रालयलाई अध्ययन गर्न र समाधानको प्रस्ताव ल्याउन निर्देशन दिएका छन् ।

यो ७०.९७ किलोमिटरको द्रुतमार्गको लागत रु दुई खर्ब ११ अर्ब ९३ करोड रहेको छ र २०७४ मा निर्माण कार्य सुरु भएको थियो। संशोधित समयसीमाअनुसार २०८३ चैतमा परियोजना सम्पन्न हुने लक्ष्य रहेको छ ।

हालसम्म निर्माण कार्यको भौतिक प्रगति ३७.६ प्रतिशत र वित्तीय प्रगति ३९.७४ प्रतिशत पुगेको जानकारी दिइएको छ ।

ताजा समाचार

spot_img

थप समाचार