spot_img

भेरी नदीमा खसेर बेपत्ता भएका अर्का १ जनाको शव फेला

spot_img
spot_img

काठमाडौँ,२७ माघ । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका अर्का एक जनाको शव फेला परेको छ।

आइतबार दिउँसो सशस्त्र प्रहरीको गोताखोरले पुर्वी रूकुम सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने १८ वर्षीय अर्जुन झाक्री मगरको शव निकालेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। झाक्री डुबेको स्थल भन्दा करिब दुई सय मिटर दक्षिणमा फेला परेका हुन्।

यसअघि माघ २४ गते सोही ठाउँ बस्ने २४ वर्षीय अनिल घर्तीको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको थियो।
उनीहरू निमार्णाधीन झोलुंगे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदीमा खसेर बेपत्ता भएका थिए।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोर सहितको टोली खटिएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय