spot_img

दोस्रो वीरगन्ज गोल्डकपको उपाधी भिडन्तमा पुलिस र मछिन्द्र आमनेसामने

spot_img
spot_img

वीरगन्ज, २२ फागुन –  काठमांडौस्थित मछिन्द्र फुटबल क्लब दोस्रो वीरगन्ज गोल्डकपको फाइनलमा स्थान बनाउन सफल भएको छ। आर्दशनगर खेलमैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्रले सहलेस फुटबल क्लब सिरहालाई ३–१ को अन्तरले पराजित गर्दै उपाधि भिडन्तमा प्रवेश गरेको हो।

खेलको प्रारम्भदेखि नै आक्रमक देखिएको मछिन्द्रले १०औं मिनेटमा अग्रता लियो। क्लबका स्टार खेलाडी स्टेफन जालीले पहिलो गोल गर्दै टिमलाई अगाडि बढाए। त्यस्तै, खेलको १३औं मिनेटमा पुनः जालीले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए।

६५औं मिनेटमा आदित्य शाक्यले तेस्रो गोल थप्दै मछिन्द्रलाई बलियो स्थितिमा पुर्‍याए। खेलभर संघर्षरत देखिएको सहलेस फुटबल क्लबले ईन्जुरी समयमा एक मात्र गोल फर्काउँदै सान्त्वना प्राप्त गर्यो। अब, शनिबार हुने दोस्रो वीरगन्ज गोल्डकपको उपाधि भिडन्तमा साविक विजेता नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लब आमनेसामने हुनेछन्।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका मछिन्द्रका स्टेफन जाली म्यान अफ दि म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय