गैससलाई आत्मनिर्भर बन्न प्रधानमन्त्री ओलीको आग्रह

spot_img

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्रसरकारी संस्थाहरूलाई बाह्य अनुदानमा निर्भर नगरी आत्मनिर्भर बन्न आग्रह गरेका छन् ।

सोमबार, गैह्रसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै उनले यसो भने। प्रधानमन्त्री ओलीले भने, “विश्वव्यापीकरणको समयमा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि, हामीले उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेछ ।”
उनले सामाजिक संस्थाहरूलाई केवल असफलताका बारेमा मात्र नसोच्न, सफलता, आशा र उपलब्धिका कुरा पनि चर्चा गर्न सुझाव दिए । “विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिनुहोस्,” उनले स्पष्ट गरे ।

spot_img

ताजा अपडेट

लोकप्रिय