अध्यक्ष नेपाललाई बयानका लागि अख्तियारमा हाजिर गराउने आयोगकाे तयारी

spot_img

काठमाडौँ, ८ चैत्र । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाउने तयारी गरेको छ ।

योगगुरु रामदेवको पतञ्जली योगपीठ र आयुर्वेद कम्पनीका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद र त्यसपछि बिक्रीको अनुमति दिएको विषयमा आयोगले अनुसन्धान सुरु गरेको हो। भूमि सम्बन्धी कानुन उल्लङ्घनको आशङ्कामा नेपाललाई बयान लिनका लागि आयोगले तयारी अघि बढाएको छ ।

अख्तियारले गत असार महिनाबाट छानबिन सुरु गरेको थियो र अब नेपालसँग बयान लिने प्रक्रिया अघि बढाउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ। यसअघि, ललिता निवास जग्गा प्रकरणमा नेपालसहित पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग सोधपुछ गरिएको थियो। यसपटक भने नेपाललाई अख्तियारको कार्यालयमै हाजिर गराएर बयान लिनको तयारी गरिएको हो ।

नेपालले २०६६ माघ महिनामा पतञ्जलीका लागि ८१५ रोपनी जग्गा किन्न अनुमति दिएको थियो। त्यसको ७५ दिनपछि उक्त जग्गा बिक्रीको अनुमति दिइएको थियो, जसका कारण विवाद उत्पन्न भएको हो ।

अख्तियारको छानबिनले उक्त जग्गा बिक्री गर्नका लागि भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र अन्य सरकारी अधिकारीहरूको संलग्नता रहेको पुष्टि गरेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय