spot_img

बारा पचरौताकाे अवस्था अहिले पनि तनावपूर्ण : बाटो अतिक्रमण हटाउने कार्य स्थगित

spot_img
spot_img

बारा, ९ चैत – बारा जिल्लाको पचरौता नगरपालिका–७ मा बाटो फराकिलो गर्ने क्रममा स्थानीयबासी र प्रहरीबीच झडप भएपछि अतिक्रमण हटाउने अभियान स्थगित गरिएको छ।

शनिवार अतिक्रमण हटाउन पुगेका प्रहरी र जेसिवी र स्काभेटरमाथि स्थानीय किशोरी यादव समूहका व्यक्तिहरूले ढुंगामुढा गरेपछि अतिक्रमण हटाउने कार्य अवरुद्ध भएको पचरौता नगरपालिकाका मेयर जलन्धर सिंहले बताए। विकास निर्माणको कार्यमा अवरोध पुगेको र प्रहरी प्रशासनले उचित सहयोग नगरेका कारण हाल अभियान रोकिएको भए पनि कानुनी प्रक्रिया पूरा गरेर पुनः अतिक्रमण हटाइने उनले स्पष्ट गरे।

नगरपालिकाका अनुसार वडा नं. ७ मा ६० भन्दा बढी गरीब, दलित र सुकुम्बासीले सहमतिमै आफ्ना घर टहरा हटाए पनि किशोरी यादव समूहले राजनीतिक प्रतिशोधकै कारण विवाद सिर्जना गरेको मेयर सिंहले आरोप लगाए ।

नगरपालिकाको एउटा र भाडामा लिएका दुई गरी तीनवटा जेसिभी तोडफोड गरेर क्षति पुर्‍याइएको मेयर सिंहले बताए। अचानक ढुंगामुढा सुरु भएपछि जेसिभी चालक तथा नगरपालिकाका कर्मचारी ज्यान जोगाएर भाग्न बाध्य भएका थिए। घटनाका क्रममा सुरक्षाका लागि खटिएका प्रहरी मूकदर्शक बनेको आरोप मेयर सिंहले लगाए।

झडपमा दुबै पक्षबाट आधा दर्जन भन्दा बढी स्थानीयहरू घाइते भएका छन् भने केही प्रहरीहरू पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।  अर्को पक्षले मेयर धाँधली गरेको निजि जग्गा समेत खाली गराउँन खाजेको आरोप लगाएका छन् ।

तनाव कायमै, मेयरको घरमा पनि ढुंगामुढा
नगरपालिकाले अदालती प्रक्रिया पूरा गरेर मात्रै अतिक्रमण हटाउने कार्य सुरु गरेको भए पनि विरोध प्रदर्शन कायमै रहेको छ। आइतवार दिउँसो एक समूहले मेयर सिंहको घरमा ढुंगामुढा गरेपछि सुरक्षाका लागि थप प्रहरी परिचालन गरिएको बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय