Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

बारा– ढल्केबर प्रसारण लाइन निर्माण सम्पन्न, १३२ केभीमा सञ्चालनमा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१० चैत । नेपाल विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउने र नेपाल-भारत बीचको विद्युत् व्यापार विस्तार गर्नका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्डको निर्माण काम पूरा भएको छ।

- Advertisement -

यो १०० किलोमिटर लामो प्रसारण लाइन धनुषाको ढल्केबर सबस्टेसनबाट शुरु भएर महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुरको सिमानामा पर्ने सरस्वती डाँडासम्म फैलिएको छ।

यसैगरी, ढल्केबरबाट पूर्वतर्फ १५४ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइन, जसले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको क्षेत्रलाई सेवा पुर्‍याउँछ, गत असार महिनाबाट सञ्चालनमा आइसकेको छ।

- Advertisement -

ढल्केबरबाट पश्चिमतर्फको विद्युत् आपूर्तिमा सहजता ल्याउन रौतहटको चन्द्रनिगाहपुर क्षेत्र नजिकको करिब ६० किलोमिटर ४०० केभी प्रसारण लाइनको एक सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा बिहीबार यो प्रक्रिया सम्पन्न भएको हो।

घिसिङले भने, “यो नयाँ प्रसारण लाइनले हिउँदयाममा देखिने ऊर्जा अभावलाई कम गर्न मद्दत गर्नेछ। साथै, कुलेखानी जलाशय, माथिल्लो तामाकोशी, कालीगण्डकी र अन्य जलाशययुक्त आयोजनाबाट दिउँसो पानी जम्मा गरेर साँझ र राति प्रयोग गर्न सकिन्छ।” उनले थपे, “यसले ढल्केबरबाट पश्चिमतर्फको विद्युत् आपूर्तिमा पनि सहजता ल्याउनेछ।”

प्राधिकरणले हेटौंडा–ढल्केबर १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता वृद्धि गर्दै पुरानो कम क्षमताको तारलाई नयाँ उच्च क्षमताको तारले प्रतिस्थापन गर्ने काम पनि अघि बढाइरहेको छ।

ताजा समाचार

spot_img

थप समाचार