बागमतीमा २० वर्ष पुराना सार्वजनिक सवारी विस्थापित गर्न प्रक्रिया सुरु

spot_img

काठमाडौँ, १० चैत्र । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले २० वर्ष पुराना सार्वजनिक सवारी विस्थापित गर्नका लागि सम्बन्धित निकायमा पत्र पठाएको छ । यसअघि २०८० जेठमा सार्वजनिक सूचना जारी गरी २० वर्ष पुराना गाडीहरूको विस्थापन गर्न भनिएको थियो ।

सर्वोच्च अदालतले यस निर्णयको समर्थन गरेपछि अब पुराना सवारी विस्थापित गर्ने प्रक्रिया अघि बढेको छ । अदालतको निर्णयपछि यातायात व्यवस्था विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी विस्थापन कार्य अघि बढाइने तयारी गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले २० वर्ष पुराना सवारी विस्थापित गर्ने निर्णय कार्यान्वयनको लागि छलफल भइरहेको जानकारी दिए । विभाग र व्यवसायीसँगको समन्वयमा चाँडै पुराना गाडीहरू विस्थापित हुनेछन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय