औरही गाउँपालिका अध्यक्षसहित दुई जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

spot_img

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको घर भत्काएको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा पेश गरेको थियो। अदालतले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर धर्मेशकुमार यादवले जानकारी दिए।

उनीहरूलाई औरही-५ का दीपक मल्लिक (डोम) को घर भत्काएको आरोप लागेको छ। पीडित परिवारका अनुसार चैत १७ गते महायज्ञ आयोजना गर्नुपर्ने भन्दै उनीहरूको घर भत्काइएको थियो, जसको मुख्य कारण उनीहरू दलित समुदायका भएको आरोप छ।

यस घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षसँगै बजरंगी बाबाको पनि संलग्नता रहेको बताइए पनि उनी हाल फरार छन्। प्रहरीले उनको खोजी जारी राखेको जनाएको छ। पीडित दीपक मल्लिकले शनिबार प्रहरीमा जाहेरी दिएका थिए, जसपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय