spot_img

पर्सामा आठ महिनामा १९ हजारभन्दा बढी ट्राफिक कारबाही, २७ जनाको मृत्यु

spot_img
spot_img

वीरगन्ज,१२ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले चालू आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने १९ हजार २८६ जनालाई कारबाही गरेको छ ।

ट्राफिक व्यवस्थापन सुधारका लागि वीरगन्ज महानगरपालिका तथा ग्रामीण भेगका विभिन्न स्थानमा अस्थायी पोस्ट स्थापना गरी नियमित अनुगमन तथा कारबाही गर्दै आएको ट्राफिक प्रहरी कार्यालय, पर्साले जानकारी गराएको छ ।

यस अवधिमा जिल्लाका ४८८ स्थानमा भएका सवारी दुर्घटनामा ७३५ वटा सवारीसाधन संलग्न रहेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनाका कारण २७ जनाको मृत्यु भएको छ भने ७४४ जना घाइते भएका छन् ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ७२५ वटा जनचेतनामूलक कार्यक्रम आयोजना गरी एक लाख छ हजार ३५७ जनालाई सचेत गराएको छ ।

यसैगरी, चालू आवको आठ महिनामा सवारी नियम उल्लङ्घन गर्नेहरूबाट रु १ करोड ७५ लाख ६० हजार ८५० राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय