गणतन्त्र हट्नेवाला छैन : शेरबहादुर देउवा

spot_img

काठमाडौं,१४ चैत । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र हट्ने आशा कसैले नगर्दा हुने बताएका छन् । जनताको प्रत्यक्ष सहभागितामा संविधानमार्फत गणतन्त्र आएकाले कसैले रहर गर्दैमा नहट्ने उनको भनाइ छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै जनताले लडेर ल्याएको व्यवस्था कसैले रहर गर्दैमा नहट्ने बताए । ‘हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौं । जनताको इच्छाअनुसार संविधानसभामार्फत गणतन्त्र आएको हो । कसैले रहर गरेर हुने कुरा छैन,’ उनले भने, ‘गणतन्त्र हट्नेवाला छैन ।’

देउवाले अहिलेको संविधानमा हिमाल, पहाड, तराईका सबै जनता अटाउने, समावेशी, समानुपातिक प्रतिनिधित्व रहेको भन्दै यस्तो व्यवस्था नहट्ने जिकिर गरे ।

spot_img

ताजा अपडेट

लोकप्रिय