Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

एमालेमा फर्किएका विश्वमणिसहित महाधिवेशन...

काठमाडौं,२७ मंसिर – नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा पार्टीले...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...

रौतहट–१ मा रञ्जित पटेलको...

रौतहट, २६ मंसिर – रौतहट निर्वाचन क्षेत्र नं. १ यमुनामाई गाउँपालिका–१ जेठरहिया निवासी...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
16.1 C
Birgunj
spot_img

ज्ञानेन्द्रमा संवैधानिक राजा हुने क्षमता नै छैन : सभापति देउवा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

लुम्बिनी,१६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनै नसक्ने बताएका छन् ।

लुम्बिनीमा शनिबारदेखि सुरु भएको नेपाल लेखक संघको आठौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

शुक्रबार राजधानीमा भएको आन्दोलनले पूर्वराजा शाहले कस्तो शासन चाहन्छन् भनेर स्पष्ट भइसकेकाले उनमा संवैधानिक राजा हुने इच्छा नै नभएको बताएका छन् ।

‘हिजो भएको आन्दोलन एकदमै हिंसात्मक थियो । त्यो आन्दोलनको प्रकृति हेर्दा ज्ञानेन्द्रमा संवैधानिक राजा हुने कुनै क्षमता नै देखिएन । उनी निरंकुश छन्,’ उनले भने, ‘उनी अराजक भएको हिजोको आन्दोलनले देखाइसक्यो ।’

अहिलेको समय गणतन्त्रकै भएकाले व्यवस्था उल्टिन्छ कि भनेर आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाइ थियो । देउवाले यतिबेला सबैले संयमता अपनाउन आवश्यक रहेको धारणा राखे ।

कांग्रेस निकट नेपाली लेखक संघको ८औं अधिवेशन शनिबार लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभागृहमा सुरु भएको छ ।

ताजा समाचार

थप समाचार