रवि लामिछाने फर्किए पार्टीको जिम्मेवारीमा

spot_img

काठमाडौँ, १७ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन्। सहकारी ठगीको आरोपमा चारवटा जिल्ला अदालतमा मुद्दा झेलिरहेका रवि लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो। पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो ।

सोमबार दिउँसो केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने केन्द्रीय समितिको विशेष बैठकपछि दोस्रो बैठकको नेतृत्व रविलाई सभापति बनाउने निर्णय गरिएको हो। कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए कि पहिलो बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन गर्नेछन् र दोस्रो बैठक रविजीको सभापतित्वमा बस्नेछन् ।

रवि लामिछाने पक्राउ परेपछि मंसिर १० गते महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकको सभापतित्व उपसभापति अर्यालले गरेका थिए। शनिबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

सरकारले रविविरुद्ध कास्कीसहित काठमाडौँ, रुपन्देही, चितवन जिल्लामा मुद्दा दायर गरेको छ। पर्सा जिल्लामा अनुसन्धान भइराखेकाले अहिलेसम्म मुद्दा दायर गरिएको छैन। चारवटै जिल्ला अदालतहरूले कुल दुई करोड ७९ लाख धरौटी रकममा छोड्न आदेश दिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय