Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

मोनालिसालाई चलचित्र अफर दिने निर्देशक सनोज मिश्रा बलात्कार आरोपमा पक्राउ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१८ चैत । भारतको महाकुम्भ मेलामा भाइरल भएकी युवती मोनालिसालाई चलचित्रमा काम दिने वाचा गरेका निर्देशक सनोज मिश्रालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । उनलाई बलात्कारको गम्भीर आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

- Advertisement -

भारतीय प्रहरीका अनुसार सनोज मिश्रमाथि एक युवतीलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको छ ।ती युवती नायिका बन्ने सपना देखेर दिल्ली गएकी थिइन् ।

सनोजले उनलाई फिल्ममा भूमिका दिने वाचा गरेर बोलाएका थिए । शारीरिक शोषण गरेको र कसैलाई भनेमा फिल्म उद्योगमा काम नपाउने धम्की सनोजले दिएको पीडित युवतीले बयानमा बताएकी छन् । यस विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरी सनोजलाई पक्राउ गरेको हो । उनको गिरफ्तारीले मोनालिसाको छविमाथि पनि प्रश्न उठन थालेको छ ।

- Advertisement -

दिल्ली उच्च अदालतले सनाेजको जमानत निवेदन खारेज गरेपछि नबी करीम प्रहरीले उनलाई हिरासतमा लिएको थियो । सनोजले महाकुम्भ मेलामा माला बेच्ने मोनालिसालाई पनि आफ्नो फिल्म ‘द डायरी अफ मणिपुर’मा काम दिने प्रस्ताव गरेका थिए ।

विशेषगरी आँखाका कारण सामाजिक सञ्जालमा भाइरल भएकी मोनालिसालाई सनोज आफैँ उनको घर गएर, उनलाई फिल्मको लागि साइन गराई उनको तालिम पनि सुरु गरेका थिए । तर अब यो गिरफ्तारीले मोनालिसाको फिल्मी करियर दोधारमा परेको छ ।

प्रहरीले सनोजविरुद्ध पहिले पनि धेरै उजुरी परेको तर यसपटक भने प्रमाणको आधारमा कारबाही गरेको बताएको छ ।

ताजा समाचार

spot_img

थप समाचार