हिंसाको आधारमा व्यवस्था परिवर्तन स्वीकार्य हुँदैन : स्वास्थ्य मन्त्री

spot_img

काठमाडाैं, १८ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हिंसाको आधारमा व्यवस्था परिवर्तन गर्ने विचार मान्य नहुने बताएका छन्। सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्यमान विकृति तथा विसंगति अन्त्य गर्न सरकार तयार रहेको तर त्यसका लागि हिंसात्मक बाटो उपयुक्त नभएको स्पष्ट पारे ।

मन्त्री पौडेलका अनुसार लोकतान्त्रिक गणतन्त्रको विकल्प भनेको अझ सुधारिएको, उन्नत र परिष्कृत लोकतन्त्र मात्र हो। उनले नागरिक अधिकार, निर्वाचित जनप्रतिनिधिहरू, अभिव्यक्तिको स्वतन्त्रता जस्ता महत्वपूर्ण पक्षहरू लोकतान्त्रिक गणतन्त्रले नै सुनिश्चित गर्ने भन्दै, यसको महत्व सबैले बुझ्नुपर्ने बताए ।

स्वास्थ्य नीतिसम्बन्धी कुरामा उनले निजी मेडिकल कलेजहरूले चिकित्सकहरूलाई प्रदान गर्ने सुविधा सरकारको नयाँ नीतिअनुसार लागू गरिनुपर्ने बताए। यसबारे सहमतिको विन्दु पहिल्याउने काम भइरहेको उनले जानकारी दिए ।

उनले सरकार ल्याउन लागेको स्वास्थ्य बीमा योजना प्रभावकारी रूपमा कार्यान्वयन भएमा स्वास्थ्य क्षेत्रमा समाजवादी प्रणालीको जग बस्ने दाबीसमेत गरे। “हाम्रो लक्ष्य सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हो,” मन्त्री पौडेलले भने।

spot_img

ताजा अपडेट

लोकप्रिय