spot_img

म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको भनाई

spot_img
spot_img

काठमाडौं, २२ चैत्र । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले म्याद नाघेका अश्रुग्यासका गोलीहरू प्रहार नगरेको स्पष्ट पारेका छन्।

शुक्रबार बसेको संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले म्याद गुज्रिएका अश्रुग्यास प्रयोग भएको भन्ने विषयमा प्रश्न उठाएका थिए। जवाफमा आईजीपी थापाले नेपाल प्रहरीले मौज्दातमा रहेको वैध म्यादभित्रकै अश्रुग्यास मात्र प्रयोग गर्ने स्पष्ट पारे।

समितिका सभापति रामहरि खतिवडाले म्याद सकिएको अश्रुग्यास प्रयोग भएको भन्ने रिपोर्टहरूबारे प्रश्न उठाएपछि आईजीपी थापाले आफूलाई त्यसबारे कुनै जानकारी नभएको बताए। उनले भने, “म्याद नाघेका अश्रुग्यासहरू नष्ट गरिन्छन्, प्रयोग गरिँदैन। हामीले मौज्दातमा रहेका नियमित अश्रुग्यास मात्र प्रयोग गरेका हौं।”

सुरक्षाकर्मीहरूलाई प्रदर्शन नियन्त्रण गर्न दिइने सामग्रीहरूको म्याद नियमित रूपमा जाँच गरिने र म्याद गुज्रिएका वस्तुहरू प्रयोगमा नल्याइने नेपाल प्रहरीले दाबी गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय