आईपीयुको स्थायी समितिमा डा. शाक्य विजयी

spot_img

काठमाडौं, २४ चैत्र ।राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले अन्तर–व्यवस्थापिका संघ (IPU) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको पहिलो प्रतिनिधित्व हासिल गरेकी छिन्। उज्वेकिस्तानको राजधानी ताश्केन्टमा भएको सम्मेलनमा उनले यो ऐतिहासिक जित हासिल गरिन्, जहाँ उनलाई माल्दिभ्स र इरानका उम्मेदवारलाई पराजित गर्दै सफलता प्राप्त भएको हो।

सभामुख देवराज घिमिरे सहितको टोली पनि उक्त सम्मेलनमा सहभागी थियो, र सभामुखले शाक्यको समर्थनका लागि ३६ देशका सभामुखलाई पत्र लेखेर उनको उम्मेदवारीका पक्षमा समर्थन गर्न आग्रह गरेका थिए। डा. शाक्यको विजयले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाएको छ।

डा. शाक्य राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य र दिगो विकास उपसमिति संयोजकको रूपमा सक्रिय छन्। उनले नेपालको दिगो विकास र विकासशील राष्ट्रको रूपमा स्तरोन्नति गर्ने विषयमा महत्वपूर्ण प्रतिवेदन तयार गरेकी छिन्।

spot_img

ताजा अपडेट

लोकप्रिय