काठमाडाैं, २४ चैत्र । म्यानमारमा मार्च ८ मा गएको शक्तिशाली भूकम्पका कारण उद्धार प्रयास चुनौतीपूर्ण बनेका छन्। भूकम्पका कारण मृत्यु हुनेहरूको संख्या ३,०४१ पुगेको छ भने २१४ जना अझै बेपत्ता छन्। यस घातक प्राकृतिक प्रकोपको बीचमा बेमौसमी वर्षा र चरम गर्मीले राहतको कामलाई थप कठिन बनाएको छ, जसले महामारीको जोखिम बढाउने चिन्ता व्यक्त गरिएको छ।


संयुक्त राष्ट्र सङ्घका सहायता प्रमुख टम फ्लेचरका अनुसार, ठूलो संख्यामा प्रभावित व्यक्ति अझै खुला आकाशमा बसिरहेका छन् र थप टेन्टको आवश्यकता रहेको छ। यो संकटले हैजा जस्ता महामारीको फैलावटको जोखिमलाई थप तीव्र बनाएको छ, र विश्वभरका सहायता एजेन्सीहरूले यस विषयमा चेतावनी दिएका छन्। एजेन्सी