Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

आठौं नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता वैशाख १० देखि सुरु हुँदै

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२४ चैत । आठौं नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा राखेप कभर्ड हलमा सञ्चालन हुने प्रतियोगिता वैशाख १० देखि १३ गतेसम्म चल्ने छ ।

- Advertisement -

प्रतियोगितामा नेपाल एपीएफ क्लब, न्यु डायमन्ड स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता निश्चित भइसकेको प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले जनाए । त्यस्तै जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एभरेष्ट भलिबल क्लबलाई सहभागिताका लागि निम्तो पठाइसकेको र सहभागिता निश्चित हुन बाँकी रहेको खड्काले जनाए ।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार नगद पाउने छन् । प्रतियोगितोको उत्कृष्ट खेलाडीले नगद ५० हजार तथा विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकले जनही २५ हजार पाउने छन् ।

- Advertisement -

प्रतियोगिताको उद्घाटनको अवसरमा एक राष्ट्रिय खेलाडीलाई ‘शेरबहादुर खड्का स्पेसल अवार्ड’बाट नगद ५० हजारसहित सम्मानित गरिने प्रतिष्ठानले जनाएको छ । आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानले भलिबल प्रतियोगिता सञ्चालन गर्न बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकसँग मुख्य प्रायोजक सम्झौता गरेको छ । प्रतिष्ठानबाट संरक्षक गमली खड्का र नेरोलेकबाट कन्ट्री हेड मनोजकुमार मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले नेपाली भलिबलमा यो एउटा छुट्टै प्रतियोगिताको रुपमा स्थापित भएको जनाए । उनले भने, ‘खेलाडीहरुका लागि यो प्रतियोगिता प्रतिक्षाको रुपमा रहँदैं आएको छ । स्तरीय प्रतियोगिताको रुपमा होस वा नगदको हिसाबले, खेलाडीको रोजाईमा यो प्रतियोगिता रहेको छ ।’ अध्यक्ष चन्दले संघले यो वर्ष दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागिएको जनाए । उनका अनुसार शुक्रबार एनभीए अवार्ड आयोजना हुनेछ ।

अध्यक्ष खड्काले २०७० सालमा प्रतिष्ठान स्थापना गरिएपछि सामाजिक कार्य गर्दै आएको र बुवाको भलिबलमा रुचि भएका कारण प्रतियोगिता आयोजना गर्दै आएको जनाए ।

ताजा समाचार

spot_img

थप समाचार