Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

देशको विकासमा श्रोत व्यवस्थापन एक चुनौतीपूर्ण विषय बन्दै गएको अर्थमन्त्रीकाे भनाई

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २६ चैत्र । उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा श्रोत व्यवस्थापन एक चुनौतीपूर्ण विषय बन्दै गएको बताएका छन्। मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

- Advertisement -

उनले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकार सक्रिय रहेको र निजी क्षेत्रलाई लगानी आकर्षित गर्न विभिन्न उपायहरू अपनाइरहेको बताए। पौडेलले देशको आर्थिक प्रगति र रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै, “हामी विदेशी र घरेलु लगानीकर्ताहरुलाई आकर्षित गर्नका लागि कानूनमा सुधार गरिरहेका छौँ,” भने।

उनीनले लगानीका लागि नयाँ अध्यादेश ल्याई त्यसलाई कानूनको रूपमा रूपान्तरण गरिएको र आवश्यक निर्देशिका र मापदण्ड पनि तयार रहेको जानकारी दिएका छन्। मन्त्री पौडेलले सरकारले छिट्टै यी नियमहरूलाई पारित गर्ने योजना राखेको पनि उल्लेख गरे।

- Advertisement -

उपप्रधानमन्त्री पौडेलले देशका समृद्धिका लागि प्रगतिको मुख्य कारक लगानी र श्रोत व्यवस्थापनको सुधार आवश्यक भएकोमा जोड दिएका छन्।

ताजा समाचार

spot_img

थप समाचार