कुनै पार्टीलाई कांग्रेसमा मिसाएर महाधिवेशन सार्न नमिल्नेमा गगन थापाकाे जाेड

spot_img

काठमाडौं, २८ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन तोकिएको समयमा हुँदैन न कि भन्ने अन्यौलबाट बाहिर निस्कन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनको बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले पार्टी महाधिवेशन कुनै पनि बहानामा सार्न नमिल्ने बताए ।‘कुनै पार्टीसँग एकता गरेको नाममा पार्टीको महाधिवेशन ढिलो गर्न मिल्दैन, बरु छिटो गर्न मिल्छ,’ उनले भने ।

कुनै पार्टीसँग एकता गरेर बहानाबाजी गर्दै महाधिवेशन सार्न नमिल्ने तर्क महामन्त्री थापाकाे छ ।

‘कांग्रेसले अरू पार्टीसँग एकता गरेर महाधिवेशन सार्छु भन्न नयाँ पार्टी बनाउनुपर्छ । चार तारे झन्डा र रुख चुनाव चिह्न भएको कांग्रेसले मिल्दैन,’ उनले भने, ‘कांग्रेसमा नेपाली कांग्रेस बीपी वा तमलोपा नेपाली कांग्रेसमा मिसिंदैमा महाधिवेशन सार्न मिल्दैन ।’

उनले कांग्रेस महाधिवेशनसँगै समयमै चुनाव पनि हुने जिकिर गरे । ‘२०८३ सालको मंसिर यतै हाम्रो महाधिवेशन भइसक्छ र २०८४ को वैशाखमा निर्वाचन हुन्छ,’ उनले भने ।

उनले नेता कार्यकर्तालाई सर्वदलीय र गठबन्धन मानसिकताबाट बाहिर निस्कन निर्देशन दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय