दरबारिया र राजावादीलाई सडकमै पछार्नुपर्छ : अर्थमन्त्री पौडेल

spot_img

बुटवल, २९ चैत्र । नेकपा एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया प्रवृत्ति र राजतन्त्र समर्थकहरूविरुद्ध कडा चेतावनी दिएका छन्।शुक्रबार बुटवलमा आयोजित नेकपा एमालेको जनजागरण सभालाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सबैको साझा जिम्मेवारी रहेको बताए।

“दरबारिया र राजतन्त्रका मतियारलाई कहिल्यै नउठ्ने गरी सडकमा पछार्नुपर्छ,” पौडेलले उद्घोष गरे, “राजावादी र प्रतिगामी तत्वहरूको यो मुलुकमा भविष्य छैन।”प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरूले निरन्तर प्रहार गरिरहेको भन्दै उनले त्यस्ता प्रयास सफल नहुने दावी गरे।

पौडेलले नयाँ राजनीतिक दलहरूप्रति असन्तुष्टि जनाउँदै विचार, सिद्धान्त र गन्तव्यविनाको लोकप्रियतावादी र अवसरवादी मात्र भएको टिप्पणी गरे।उनले वर्तमान सरकार विकास, समृद्धि र सुशासनको अभियानमा दृढताका साथ अघि बढिरहेको दावी गर्दै भ्रष्टाचारविरुद्ध पनि कठोर कदम चालिएको बताए।

सभामा नेकपा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी इञ्चार्ज पद्मा अर्यालले पार्टी नेतृत्वमाथि भइरहेको बदनाम गर्ने प्रयास असफल पार्न सबै कार्यकर्ताले प्रधानमन्त्रीलाई मजबुत साथ दिनुपर्ने धारणा राखिन्।

spot_img

ताजा अपडेट

लोकप्रिय