राजतन्त्रवादीहरू उठ्न नसक्ने गरी किनारा लाग्ने अर्थमन्त्री पौडेलकाे चेतावनी

spot_img

पाल्पा, ३० चैत । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजतन्त्र पुनर्स्थापनाको प्रयासमा लागेकाहरूलाई कडा चेतावनी दिएका छन्। उनले प्रतिगामी तत्वहरूलाई उठ्न नसक्ने गरी किनारा लगाइने स्पष्ट संकेत दिएका हुन्।

नेपाल पत्रकार महासंघले पाल्पाको तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले हिंसा, लुटपाट र अराजक गतिविधिको बाटो रोज्नेहरूलाई नेपाली जनताले अस्वीकार गर्ने बताए। “आन्दोलनको नाममा हुने अपराधहरूलाई सरकारले सहन गर्नेछैन,” पौडेलले भने, “नेपाली जनताले प्रतिगमनलाई कहिल्यै स्वीकार गरेका छैनन्।”

उनले थपे, “विचार र लोकतान्त्रिक दर्शनको नेतृत्व स्वीकार्य हुन्छ, तर अराजकताले नेतृत्व गर्नेहरूको ठाउँ नेपाली समाजमा छैन। ती तत्वहरूलाई सरकारले उठ्न नसक्ने गरी छेउ लगाउनेछ।”

साथै, अर्थमन्त्री पौडेलले वर्तमान सरकार बनेपछि आर्थिक सुधारको गति तीव्र भएको दाबी गरे। “बजेट कार्यान्वयन योग्य बनाइनेछ,” उनले भने, “भौतिक र मानवीय विकासमा केन्द्रित बजेट तयार गर्दैछौं। उत्पादन र उत्पादकत्व वृद्धिमा पनि ध्यान दिइनेछ।”

कालीगण्डकी करिडोरको निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै उनले राम्दी–रानीमहल खण्ड चाँडै सम्पन्न हुने जानकारी दिए। फरक प्रसंगमा उनले गभर्नरको नियुक्तिको विषयमा बाहिर चर्चा भएजस्तो नभएको भन्दै सरकार निर्णय गर्दा सबै पक्षबाट स्वागत हुने किसिमको सहमति खोज्ने बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय