रवि लामिछानेसहित ७ जनाविरुद्धको मुद्दाको पेसी स्थगित

spot_img

पोखरा, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेसहित सात जनाविरुद्ध उच्च अदालत पोखरामा तय भएको मुद्दाको पेसी स्थगित भएको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले दिएको पुनरावलोकन निवेदन र प्रतिवादी रामबहादुर खनालको निवेदन बिहीबारको पेसीमा समावेश गरिएको थियो। तर खनालका कानुन व्यवसायीले पेसी स्थगित गर्न माग गरेपछि सबैसम्बन्धित मुद्दा पनि स्वतः स्थगित भएको उच्च अदालत पोखराका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए।

जिल्ला अदालत कास्कीले पुस २५ गते लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त फैसलाविरुद्ध सरकारी पक्षले उनीहरूलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने मागसहित उच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो। प्रतिवादी पक्षले समेत अदालतमा छुट्टै निवेदन दिएका छन्।

अब उच्च अदालत पोखराले तीन विकल्पमध्ये कुनै एक निर्णय गर्नेछ — प्रतिवादीलाई थुनामा पठाउने, जिल्ला अदालतको फैसलालाई सदर गर्ने, वा धरौटीबिना साधारण तारेखमा रिहा गर्ने।

spot_img

ताजा अपडेट

लोकप्रिय