spot_img

सिटिजन बैंक बीरगन्जको रक्तदान कार्यक्रममा १८ जनाले गरे रगत दान

spot_img
spot_img

बीरगन्ज, ५ वैशाख । सिटिजन बैंक इंटरनेशनल बीरगन्ज शाखाले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। शुक्रबार सम्पन्न कार्यक्रममार्फत ३ महिला सहित १८ जनाले रक्तदान गरेका छन्।

रक्तदान गर्नेहरूमध्ये लक्ष्मी श्रेष्ठ, अञ्जली कुमारी, सुभद्रा पाठक, रोशन सर्राफ, शिशिरजंग राणा, रवि गिरी, विक्की सिंह, सम्सुल अन्सारी, नितेश खड्गी लगायतका रहेको रक्तसञ्चार केन्द्र बीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए।

कार्यक्रम बैंकका बीरगन्ज शाखा प्रमुख अभय ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो भने बैंकका मधेस प्रदेश प्रमुख नितेश खड्की प्रमुख अतिथि थिए।

कार्यक्रममा बीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईं, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय