Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

अब वीरगन्ज डुबानमा नपर्ने प्रमुख सिंहकाे दाबि

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,०६ बैशाख । वीरगन्ज महानगरपालिकाले वर्षायाम नजिकिँदै गर्दा सहरलाई डुबानबाट जोगाउन मुख्य नालाको सफाइ कार्यलाई तीव्रता दिएको छ।

- Advertisement -

हुलाक कार्यालयदेखि भन्सार क्षेत्रसम्मको प्रमुख नालामा अहिले सफाइ धमाधम भइरहेको छ। छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फको सफाइ कार्य सकिएपछि अहिले दक्षिणतर्फ भन्सार क्षेत्रसम्म सफाइको काम जारी छ।

महानगर प्रमुख राजेशमान सिंहका अनुसार वर्षाको समयमा डुबानको समस्या नआओस् भनेर पूर्वतयारीस्वरूप अहिले नै मुख्य र सहायक नालाहरूको सफाइलाई उच्च प्राथमिकतामा राखिएको छ। उनले सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नालाको नियमित सफाइ नै डुबान नियन्त्रणको प्रमुख उपाय भएको बताए।

- Advertisement -

तीव्र सफाइका लागि महानगरका तीनवटा स्काभेटर र थप एउटा चेन स्काभेटरसहित स्काभेटरले पुग्न नसक्ने स्थानमा जनशक्ति परिचालन गरी सफाइ भइरहेको जानकारी दिइएको छ। हाल दैनिक रूपमा २५ जना सफाइकर्मी यो कार्यमा खटिइरहेका छन्।

महानगर प्रमुख सिंहले नालाको आधा भन्दा बढी भाग माटोले पुरिएकोले पानी सहज रूपमा नबग्दा डुबानको समस्या हुने गरेको बताए। उनले अघिल्ला दुई वर्षमा नियमित सफाइका कारण वीरगन्ज बजार क्षेत्रमा डुबान नपरेको उल्लेख गर्दै यसपटक पनि सुरुदेखि अन्तिम बिन्दुसम्म नालाको सफाइ गरिने बताए।

त्यस्तै, प्रमुख सिंहले नगरबासीलाई नालामा जथाभावी फोहोर नफाल्न आग्रह गर्दै सफाइ अभियानमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए। “महानगरपालिकाले मात्र गरेर पुग्दैन,” उनले भने, “नागरिकमा चेतना र जिम्मेवारी आवश्यक छ। हामी जनचेतना फैलाउने छौं र पटक–पटकको अटेरमा कारबाही पनि गरिनेछ।”

महानगरका हरियाली तथा सरसफाइ संयोजक जयप्रकाश खेतानले मुख्य नालाको निरन्तर सफाइले गर्दा पछिल्ला दुई वर्षदेखि वीरगन्ज बजार क्षेत्रमा डुबानको समस्या नआएको जानकारी दिएका छन्।

ताजा समाचार

spot_img

थप समाचार