Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

मलेसियामा नेपाली कामदारहरू कानुनी विरोधमा सडक आन्दोलनमा उत्रिने

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०८ वैशाख । मलेसियामा रोजगारीको लागि पुगेका नेपाली कामदारहरूले ससाना समस्यामा पनि सडक आन्दोलनमा उत्रने गरेको पाइन्छ, जसका कारण उनीहरू कानुनी समस्यामा पर्दै आएका छन्। मलेसियास्थित नेपाली दूतावासका अधिकारीहरूले यस विषयमा जानकारी दिएका छन्।

- Advertisement -

गत महिना मलेसियाको पेराकमा सडक दुर्घटनामा एक नेपाली कामदारको मृत्यु भएपछि, एक हजारभन्दा बढी नेपाली कामदार क्षतिपूर्ति माग गर्दै सडकमा उत्रिएका थिए। प्रदर्शनको क्रममा १३ जना नेपाली पक्राउ परेका थिए, तर पछि दूतावासको रोहबरमा उनीहरूलाई रिहा गरिएको थियो।

अघिल्लो वर्ष पनि एक नेपाली कामदारले व्यक्तिगत विवादमा झगडा गरेर सडक आन्दोलनमा भाग लिएका थिए, जहाँ बंगलादेश र थाइल्यान्डका नागरिकसँगको विवादले प्रदर्शनको रुप लिएको थियो। यस घटनामा नौजना नेपाली पक्राउ परेका थिए।

- Advertisement -

२०७६ सालमा पनि क्वालालम्पुरमा तीन हजारभन्दा बढी नेपाली कामदारले प्रदर्शन गरेका थिए। त्यस्तै, २०७७ सालको कात्तिक महिनामा एक नेपाली महिलाको हत्या भएपछि पनि ३० भन्दा बढी नेपाली कामदारले प्रदर्शन गरेका थिए।

मलेसियाको कानुनी व्यवस्था अनुसार विदेशी कामदारहरूले आन्दोलन गर्न पाउँदैनन् र यस किसिमका क्रियाकलापमा संलग्न हुने कामदारलाई देश निकाला गर्ने व्यवस्था छ। मलेसियास्थित नेपाली दूतावासका प्रथम सचिव खिमानन्द भुसालका अनुसार नेपाली कामदारहरू मलेसियाको कानुन उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिरहेका छन्।

नेपालका लागि मलेसिया प्रमुख रोजगारी गन्तव्य देश हो र सरकारी आँकडाअनुसार मलेसियामा ५ लाख ५० हजार नेपाली काम गरिरहेका छन्। यस बीचमा, अवैध रूपमा बसोबास गर्ने नेपालीहरूको संख्या एक लाखभन्दा बढी रहेको तथ्यांकले चिन्ताको विषय बनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार