संसद् स्थगितपछि सरकार अध्यादेश ल्याउने तयारीमा

spot_img

काठमाडौं,१४ वैशाख ।  सरकारले संघीय संसद् अधिवेशन स्थगित गरेलगत्तै अध्यादेश ल्याउने तयारी अघि बढाएको छ।

स्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश सम्बन्धी प्रस्ताव अघि सारिने सम्भावना छ। विशेषगरी संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा अध्यादेश ल्याउने तयारी भइरहेको बताइएको छ।

यसअघि सरकारकै सिफारिसमा रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद् अधिवेशन आह्वान गरेका थिए। तर, आह्वानको भोलिपल्टै पुनः सरकारकै सिफारिसमा अधिवेशन स्थगित गरिएको थियो।

संसद् नबसी अध्यादेशमार्फत महत्वपूर्ण निर्णय अघि बढाउने सरकारको तयारीलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय