हेटौंडामा दुई करोड बढीको कल्भर्ट निर्माण सम्पन्न

spot_img

हेटौंडा, ११ वैशाख । हेटौंडा उपमहानगरपालिकाले दुई करोड १० लाख रुपैयाँको लागतमा दुई वटा कल्भर्ट निर्माण सम्पन्न गरेको छ। वडा नं. ६ र ७ लाई जोड्ने हेटौंडा–नागस्वती–हटिया सडकखण्डको हरियाली क्षेत्रमा र वडा नं. ८ को ओमनगरस्थित खहरे खोलामा यी कल्भर्टहरू निर्माण गरिएका हुन्।

दुवै कल्भर्टको उद्घाटन नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रूपमा गरेका थिए। उपमहानगरका अनुसार एउटा कल्भर्टको लागत १ करोड १९ लाख रुपैयाँ र अर्कोको लागत ८२ लाख ३ हजार ९८६ रुपैयाँ परेको हो।

कलर्भट निमार्णले स्थानीहरुलाई राहभ भएको बताईएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय