जसपा नेपालको सिरहा अधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु

spot_img

जनकपुर,११ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको सिरहा जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
बुधबार राति अबेरसम्म सहमति जुटाउने प्रयास भए पनि निष्कर्ष ननिस्किएपछि बिहीबार बिहानदेखि मतदान प्रक्रिया प्रारम्भ गरिएको निर्वाचन अधिकृत शत्रुधन यादवले जानकारी दिए।

अध्यक्ष पदमा रामचरित्र महतो, अशोक कुमार यादव र राम दयाल यादवले दाबी प्रस्तुत गरेका छन्।
उपाध्यक्ष पदमा सोभित कुमार पासवान, राजेन्द्रप्रसाद साह, योगानन्द यादव, राकेश कुमार गुप्ता, रमेश कुमार यादव, लालबहादुर साह, अशोक कुमार मण्डल लगायत प्रतिस्पर्धामा छन्।

सचिव पदमा बिन्द कुमार मण्डल र हरेराम यादव, कोषाध्यक्षमा कृष्णाकुमारी यादव र लक्ष्मी कुमारी श्रेष्ठ,
र उपसचिवमा मनिक लाल यादव, इन्दलकुमार मण्डल, हरिनारायण यादव, दिनेश कुमार महतो, विजय कुमार यादव, प्रभात कुमार सिंह उम्मेदवार छन्।

नेतृत्व चयनको क्रममा विविध मत रहेका कारण निर्वाचनबाटै नेतृत्व चयन गरिने निश्चित भएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय