Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

क्यान्सर बिरामीलाई निःशुल्क किमोथेरापी सेवा दिने तयारीमा सरकार : स्वास्थ्यमन्त्री पौडेल

spot_img

विराटनगर,१० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरका बिरामीहरूका लागि किमोथेरापी (किमो) सेवा निःशुल्क उपलब्ध गराउने तयारी भइरहेको बताएका छन्। मोरङको धनपालथान गाउँपालिकास्थित सोसभागमा शनिबार आयोजित वृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री पौडेलले उक्त घोषणा गरेका हुन्।

मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाबाट मात्रै सबै नागरिकलाई गुणस्तरीय सेवा दिन सम्भव नहुने भन्दै यसका लागि निजी क्षेत्र र विभिन्न संघसंस्थाहरूको सहकार्य र सहयोग अपरिहार्य रहेकोमा जोड दिए।

‘स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गरी आम जनताले सुलभ र सरल रूपमा सेवा पाउने सुनिश्चितता भए मात्र लोकतन्त्रको वास्तविक अनुभूति गर्न सकिन्छ,’ मन्त्री पौडेलले भने, ‘यसका लागि स्वास्थ्य क्षेत्रमा थप लगानी र पूर्वाधार विस्तार आवश्यक छ।’

विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा देखिएको कठिनाइबारे बोल्दै मन्त्री पौडेलले प्रदेश सरकारले केन्द्रलाई दुई वर्षका लागि मात्र हस्तान्तरण गरेकाले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमार्फत पूर्ण क्षमतामा सञ्चालन गर्न समस्या भएको स्पष्ट पारे।

उनले कि त प्रदेश सरकारले नै केन्द्रको जिम्मेवारी लिनुपर्ने (जसमा संघीय सरकारले सहयोग गर्ने) वा पूर्ण रूपमा गंगालाललाई हस्तान्तरण गर्नुपर्ने विकल्प अघि सारे। साथै, मन्त्री पौडेलले स्वास्थ्य बिमाको दायरा फराकिलो पारेर सबै प्रकारका स्वास्थ्य उपचारलाई यसभित्र समेट्ने व्यवस्था मिलाउन आवश्यक रहेको सुनाए।

spot_img

ताजा अपडेट

लोकप्रिय