spot_img

संसद् भवनमा विपक्षी दलहरूको बैठक जारी

spot_img
spot_img

काठमाडौं,१४ जेठ । संसद् भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विपक्षी दलहरूको बैठक जारी रहेको छ। प्रतिनिधिसभामा विपक्षी दलहरूले खेल्ने भूमिकाका सन्दर्भमा नेताहरू छलफलमा जुटेका माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले जानकारी गराएका छन्।

हिजो (मंगलबार) संसद् बैठक बस्न नसकेपछि आज (बुधबार) बिहान विपक्षी दलहरूको छलफल गर्ने नेताहरूले जानकारी गराएका थिए। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै हिजो विपक्षी दलले संसद् बैठक चल्न दिएका थिएनन्।

रास्वपाले गृहमन्त्रीको राजीनामालाई आफ्नो प्रमुख माग (बटम लाइन) बनाएको छ भने राप्रपाले छानबिन समितिको माग गरेको छ। यद्यपि, भिजिट भिसा प्रकरणमा विपक्षीमा रहेका माओवादी केन्द्र र राप्रपा लचिलो देखिने संकेत पाएको सत्ता पक्षका एक नेताले जानकारी गराए।

ती नेताले ’जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान रहेको’ उल्लेख गर्दै ’बजेट ल्याउन उहाँहरूले नदिएर के गर्नुहुन्छ त? नियमित प्रक्रियाबाट बजेट आउँछ’ भनी टिप्पणी गरे। यसले सरकार बजेट प्रस्तुत गर्न दृढ रहेको र विपक्षीको अवरोधका बाबजुद पनि प्रक्रिया अगाडि बढाउने संकेत दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय