आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषण सुरु

spot_img

वीरगन्ज,१५ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्न सुरु गरेका छन्।

आज संसद्को बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेपछि मन्त्री पौडेल मन्त्रिपरिषद्को बैठकमा सहभागी भएर बजेट स्वीकृत गराएका थिए। मन्त्रिपरिषद्को स्वीकृति पश्चात अब संसद्मा बजेटको औपचारिक प्रस्तुति भइरहेको छ।

यस बजेटमार्फत सरकारको आगामी वर्षका प्राथमिकता, कार्यक्रम र आर्थिक योजना स्पष्ट हुने अपेक्षा गरिएको छ। अर्थमन्त्री पौडेलको भाषणले देशको आर्थिक दिशा निर्धारणमा महत्वपूर्ण सन्देश दिने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय