काठमाडाैं,१५ जेठ । बागमती प्रदेशसभाको अर्को बैठक जेठ १९ गते बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।
जेठ १९ गते बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने जनाइएको छ । छलफलका लागि जेठ १९, २० र २१ गते समय तोकिएको छ। प्रदेशसभा सचिव रामकुमार पौडेलले सो बैठकमा विशेष समय र शून्य समयको कार्यसूची रहने जानकारी दिए।



